झापा । 

झापाको कमल गाउँपालिका–३ केर्खामा नाबालिका शिशु बेवारिसे अवस्थामा फेला परेकी छन् । आज (सोमवार) बिहान ६ः१० बजेको समयमा सोही स्थानको व्यक्तिको घर नजिकै रहेको करेसाबारी भित्र रहेको मकैबारीमा रातको समयमा नवजात शिशुको जन्म दिइएको पाइएको हो । 

 सोही मकैबारीमा बेबारिसे अवस्थामा रहेकोमा  सोही घर धनिको छोरा ४८ बर्षीय लीलाराज थापाले देखेपछि फेला परेको छ । उक्त जानकारी हुना साथ प्रहरी चौकी केर्खाबाट प्रहरीको टोली गएर  नाबालिका शिशुलाइ स्थानियबासीको सहयोगमा  उद्वार गरिएको छ । 

उद्धारसँगै ती नाबालिकालाई उपचारको लागि किओच बाल अस्पताल दमक पठाइएको बताइएको छ । उक्त नाबालिकाको अवस्था तत्काल सामान्य रहेको, नाबालिका शिशुको आमाको पहिचाहन तथा खोजतलाश कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।