झापा ।
झापाको भद्रपुर नगरपालिका–५ नरसिङ बगानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६ बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.१–०१–०१२ प ४७१५ नम्बरको स्कुटी चालक मेचीनगर–१२ का अन्दाजी ३९ बर्षीय सन्तोष लिम्बु, सोही स्कुटी पछाडि सवार भद्रपुर–११ का अन्दाजी २४ बर्षीय ओम नरायण मंडल र अर्जुनधरा–११ का अन्दाजी २६ बर्षीय पुजन कुमार खनाल पक्राउ परेका हुने ।
उनीहरुमाथि शंका लागेर चेक जाँच गर्दा उनीहरुको साथबाट लागुऔषध अर्थात ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ५ ग्राम २७० मिलिग्राम फेला परेको थियो ।
स्कुटीसहित नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


















