झापा । 

झापाको अर्जुनधारा नगरपालिका–६ अदुवा खोला भत्केको पुलबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सोही स्थानस्थित लखी मुर्मुको घरमा डेरा गरी बस्ने गौरादह नगरपालिका–३ चप्रामारीका धनबहादुर राजवंशीको डेरा कोठामा लागूऔषध बिक्रि वितरण भईरहेको भन्‍ने गोप्य सूचनाको आधारमा सोमवार दिनको १ः३० बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा गौरादह नगरपालिका–३ चप्रामारीका ३७ बर्षीय धनबहादुर राजवंशी, सोही स्थानका ३० बर्षीय सृजना राई र अर्जुनधारा नगरपालिका–११ सालबारीका ४५ बर्षीय तिनतालु राजवंशी छन् । 

लागूऔषध  ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनामरनीबाट खटीएको  संयुक्त प्रहरी टोलिले उनीहरुको साथबाट  लागु औषैध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ  प्लाष्टिक बाहेक २२ ग्राम फेला परेको थियो । उक्त लागुऔषधसहित नियन्त्रणमा लिएर इप्रका अनारमनीमा ल्याएर थप अनुसन्धान भईरहेको, जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उनीहरुलाइ लागुओषध नियन्त्रण एेन २०३३ अन्तर्गत कसुरमा अनुसन्धान हुने बताइएको छ । लागुओषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध  २०८२ चैत्र  १ गते देखि सञ्चालिच मिशन ‘अपरेशन ब्राउन’ अभियान अन्तर्गत उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ ।