बिर्तामोड ।
झापाको बिर्तामोड–४ मुक्तिचोकस्थित भद्रपुर रोडमा इन्टरनेशनल व्यूटी पार्लर ट्रेनिङ सेन्टरले तेस्रो बर्ष प्रवेशको अवसरमा बिभिन्न कार्यक्रम गरेको छ ।
तीन बर्ष अघि सञ्चालनमा आएको पार्लरले आज (मंगलबार) बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी समुहको आयोजना तथा पार्लरको प्राविधिक सहयोगमा फ्रि स्कीन टेष्ट, सेन्टरमा अध्ययनरत पुराना बिद्यार्थीहरुलाई प्रमाणपत्र बितरण, व्यूटीसियन डिप्लोमा कक्षा शुरुलगायतका कार्यक्रम गरेको छ ।
बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी समुहकी अध्यक्ष राधिका चुडाल हुमागाँईको अध्यक्षतामा भएको कार्यक्रममा धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष किशोर भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै इन्टरनेशनल व्यूटी पार्लर ट्रेनिङ सेन्टरकी सञ्चालन सुमित्रा खरेल पनेरु (सुमी) ले व्यूटी पार्लर तेस्रो बर्ष प्रवेशको अवसरमा बैशाख महिनाभर व्यूटीटिसियन डिप्लोमा कक्षा न्यूनताम शुल्कमा सञ्चालन गरिने बताइन् ।
उनका अनुसार एकल महिला, एसईई दिएर बसेका, घरेलु हिंसा र आर्थिक अभावबाट सीप सिक्न बन्चित महिलाहरुलाई बिशेष छुटका साथै तालिम दिने र बार्षिक रुपमा ५ जनालाई पूर्णमा निःशुल्क तालिन दिइनेछ ।
धौलागिरी पारिजात बहुउद्देश्यीय साकारीले आफ्ना महिला शेयर सदस्य तथा एकाघरका १५ जना सदस्यहरुलाई प्रत्येक बर्ष इन्टरनेशनल व्यूटी पार्लर ट्रेनिङ सेन्टरमार्फत तालिम दिइरहेको र आगामी दिनमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।
कार्यक्रममा धौलागिरी पारिजात सहकारीका कार्यकारी प्रमुख कृष्ण पौडेल, महिला उद्यमी समुहकी पूर्व अध्यक्ष तिलोतमा खत्रीलगायतको आतिथ्य रहेको थियो भने कार्यक्रमको सञ्चालन समुहकी महासचिव लीला अनमोलले गरेकी थिइन् ।


















