बिर्तामोड ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा वीरता जेसीज को आयोजनामा क्यालेन्डर बिमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। श्रमिक वर्गप्रति सम्मान, श्रमको गरिमा प्रवर्द्धन तथा सामाजिक एकता सुदृढ गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमका संयोजक जेसी अभिषेक गहतराज ले स्वागत मन्तव्य राख्दै श्रमिक दिवसले श्रमप्रति सम्मान र अधिकारप्रति सचेतना जगाउने महत्वपूर्ण सन्देश बोकेको बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि जेसी निर्मल भट्टराईले क्यालेन्डर बिमोचन गर्दै श्रमिकहरूको योगदान राष्ट्र निर्माणको आधार भएको उल्लेख गरे । विशिष्ट अतिथि सिनेटर घनश्याम चौधरी ले श्रमिक दिवस केवल उत्सव नभई श्रमिक अधिकार र सम्मानको सन्देश फैलाउने अवसर भएको बताए। अतिथि जेसी विकास बस्नेत ले यस्ता कार्यक्रमहरूले संस्थागत एकता र सामाजिक उत्तरदायित्वलाई मजबुत बनाउने धारणा व्यक्त गरे ।
कार्यक्रम सञ्चालन जेसी सुभास तिखत्री ले गर्नुभएको उपस्थित प्रमुख अतिथि, अतिथी बिज्ञापन दाता सहभागी सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यकारिणी उपाध्यक्ष जेसी प्रज्वल बिमलीले कार्यक्रम समापन गरेका थिए ।
वीरता जेसीजका अनुसार कार्यक्रम उत्साहपूर्ण सहभागिता, सौहार्दपूर्ण वातावरण र श्रमप्रति सम्मानको सशक्त सन्देशसहित सफलतापूर्वक सम्पन्न भएको हो।


















