​झापा । 

झापाको बिर्तामोड नगरपालिका–३ स्थित आँखा अस्पताल नजिकै रहेको मामा भान्जा होटल एण्ड लजबाट प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

होटलमा शंकास्पद व्यक्तिहरू रहेको गोप्य सूचनाको आधारमा शनिवार दिउँसो ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले खानतलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

​पक्राउ पर्नेहरूमा दुई जना नेपाली महिला, एक जना होटलको रिसेप्सनमा सहयोग गर्ने कर्मचारी र दुई जना भारतिय पुरुषहरु रहेका छन्।। प्रहरीले WB73R5148 नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ। थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।