शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकामा शहरी विकास, भवन, आवास तथा स्थानीय पूर्वाधार विकास एवम् खानेपानी क्षेत्रमा बजेट विनियोजन भएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख  बलदेवसिंह गोम्देन तामाङको पहल, सडक नामाकरण एवम् सांसद इन्दिरा राना मगरको संयोजन  र उप–प्रमुख खड्गमाया पराजुली तथा सम्पूर्ण जनप्रतिनिधिको सहयोगमामा आयोजनाहरुका लागि रकम बिनियोजन भएको हो । 

अर्जुनधारा नगरपालिकामा आर्थिक बर्ष २०८३/०८४ मा पूर्वाधार विकास मन्त्रालयबाट शहरी विकास, भवन, आवास तथा स्थानीय पूर्वाधार विकास एवम् खानेपानी क्षेत्रमा रकम विनियोजन भएको नगरपालिकाले जनाएको छ । 

अर्जुनधारा नगरको  बुट्टाबारीदेखि सालबारी स्कुल हुँदै कालिस्थान जाने बाटो  र मंगलमणिमार्गदेखि धाइजन जाने बाटो झापा सडक निर्माण र मर्मत संभार गर्ने क्रमागत कार्यका लागि १० करोड,  सघन शहरी विकास कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिकामा शहरी पूर्वाधार निर्माण कार्यका लागि ३ करोड, अर्जुनधारा नगरमा शहरी सडक स्तरोन्नती, मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रम १ करोड ५० लाख, एसियन हाइवे स्टाफ चोक लाहुरे टोल दुर्गा मन्दिर सट्टा भर्ना चोक कचुनाला पुल–मेची १२ सड़कका लागि ३ करोड रुपैयाँ बिनियोजन भएको बताइएको छ । 

यसैगरी अर्जुनधारा १० लाहन चोक देविभान पमैलु चौक ५ करोड, लक्ष्मीपुर खानेपानी तथा सरसफाइ आयोजना २ करोड, अर्जुनधारा वृहत खा.पा.आ.. अर्जुनधारा ५. ६,७, ८.९.१० का लागि 

२ करोड र सूचना व्यवस्थापन, अर्जुनधारा नगरपालिकाका लागि  ६ लाख रुपैयाँ बिनियोजन भएको नगरले जनाएको छ । योजना निर्माण तथा माग र वजेट विनियोजनमा सहयोग गर्ने सम्पूर्णमा नगरपालिकाका नगर प्रमुख गोम्देनले आभार व्यक्त गर्दै अगामी दिनमा समेत यस्तै रचनात्मक सहयोगको अपेक्षा गरेको जानकारी दिए ।