झापा ।
जनपक्षीय पत्रकार देवकुमार आचार्य ९डी कौडिण्य०को स्मृतिमा प्रदान गरिँदै आएको ‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार चुडामणी तिम्सिना (सिएम शर्मा) लाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले स्थापना गरेको उक्त पुरस्कार यो बर्ष तिम्सिनालाई प्रदान गर्न लागिएको हो ।
झापाको बिर्तामोडमा शुक्रबार बसेको समितिको बैठकले ठोस खवर डट कमका सम्पादक तिम्सिनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । आगामी साउन ७ गते स्वर्गीय आचार्यको स्मृति दिवसको अवसरमा बिर्तामोडमा एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिने प्रेस सेन्टर नेपाल झापाका सचिव प्रकाश उप्रेतीले जानकारी दिए ।
प्रत्येक बर्ष प्रदान गरिँदै आएको पुरस्कारको राशी नगद ४२ हजार रुपैँया रहेको छ । साहित्यकार तथा जनपक्षीय पत्रकार आचार्यलाई २०५९ साउन ७ गते तत्कालिन शाही नेपाली सेनाले पक्राउ गरी झापाको चारआली व्यारेकमा लगेर हत्या गरेको थियो ।


















