मानव जीवनमा जन्मसँगै बाल्यकाल, युवापन, बृद्धबृद्धा अवस्था हुँदै हरेक मोड तथा अवस्था आउँछन् । ती अवस्था सवैका लागि सधैका लागि रहँदैनन् । समयसँगै आकर्षण र ऊर्जा हराउँदै जान्छन् । अनुहारका रेखाहरू, आँखाको थकान र उमेरसँगै आउने स्वाभाविक परिवर्तनले एउटा सत्य सम्झाइदिन्छ र मानव जीवनमा आकर्षण र जवानी सधैं रहँदैन भन्ने पुष्टि गरिदिन्छ ।
धन, प्रसिद्धि, शक्ति वा सौन्दर्य जति नै किन नहोस्, समयको गति कसैले रोक्न सक्दैन । बेला समयसँगै आउने ती चरणहरु पारपछि मानिसको जीवनमा उसले ती अवस्थामा गरेका कामहरुको सम्झना मात्र रहन्छ । त्यसैले बाहिरी रूप भन्दापनि राम्रो कर्म, राम्रो व्यवहार र स्वस्थ जीवन शैलीमा ध्यान दिनु नै जीवनको वास्तविक सफलता हो ।
समय बित्दै जान्छ, उमेर बढ्दै जान्छ, तर राम्रो सोच, असल कर्म र मानवीयता कहिल्यै बूढो हुँदैन र त्यस्ता कुराहरु मात्र सधै र सवैका लागि प्रेरणाका स्रोत बन्छन् । त्यसैले आजको दिनलाई अर्थपूर्ण बनाऔं, स्वास्थ्यको ख्याल गरौं र प्रत्येक क्षणलाई सम्मान गरौं र नकारात्मक भन्दा सकारात्मक सोचको विकास गर्नु मानव जीवनमा अपरिहार्य हुन्छ । कसैलाई दुःख दिने र कसैको दुःखमा रमाउने भन्दापनि त्यसलाई साथ र सहयोगको भावना राख्न आवश्यक छ ।
मानव जीवन एक चेतना भएको सचेत प्राणी हो । प्राणी मध्ये मानव सवैभन्दा उत्कृष्ट, ज्ञान र चेतना भएको मानिन्छ । जसले आफुले गरेका प्रत्येक राम्रा र नराम्रा कार्यको लेखाजोखा गर्न सक्छ । मानव भएर जन्मनु मात्र ठूलो कुरा होइन । तर, उसले मानव जीवनमा गरेका कामले उसको पहिचान गराउँछ र बर्षौसम्म उसलाई सम्झने एउटा बाटो तथा अरुको लागि प्रेरणाको स्रोतको रुपमा परिचित गराउँछ ।
एउटा मानव जन्मिन्छ, क्रमश वढ्दै बालबालिकाका हुँदै, किशोर, युवा र बृद्धबृद्धा भएर एकदिन मर्छ । तर, उसले यस अवधिमा गरेका राम्रा र नराम्रा कार्यले नै उसको सहि र गलतको पहिचान गर्छ । यस धर्तीमा जन्मने प्रत्येक मानव शरिरका हरेक मोड आउँछन् । प्रत्येक मानव २४ घण्टामा दुख, सुख, समस्या, गरिवी, धनी र उसले दिनभर गरेका कामको महसुस तथा लेखाजोखा गरिरहेको हुन्छ ।
एउटा मानव जन्मिन्छ, क्रमश वढ्दै बालबालिकाका हुँदै, किशोर, युवा र बृद्धबृद्धा भएर एकदिन मर्छ । तर, उसले यस अवधिमा गरेका राम्रा र नराम्रा कार्यले नै उसको सहि र गलतको पहिचान गर्छ । यस धर्तीमा जन्मने प्रत्येक मानव शरिरका हरेक मोड आउँछन् । प्रत्येक मानव २४ घण्टामा दुख, सुख, समस्या, गरिवी, धनी र उसले दिनभर गरेका कामको महसुस तथा लेखाजोखा गरिरहेको हुन्छ ।
जतीनै सुख शान्ति भएपनि मानव शरिरले सवै कुरा महसुस गरिरहेको नै हुन्छ । ती कुरा कसैले अरुसामु ब्यक्त गर्छन् भने कसैले ब्यक्त गर्दैनन् । तर, ती मध्ये कसैले धन, कसैले सुन्दरता, कसैले ज्ञान तथा शिक्षा, कसैले बल अर्थात शक्तिको घमण्ड गरिरहेका हुन्छन् ।
तर, प्रत्येक प्राणीका बालकबालिकादेखि नै यी सवै अवस्थाहरु आउछन् र सधैं रहिरहँदैनन् । यी अवस्था आउछन् र सधै रहँदैनन् भन्ने थाहा हुँदाहुँदै पनि बालबालिका, युवा, महिला, अशिक्षित, गरिव जस्ता अवस्थाका मानवहरुलाई अब्यव्यहारिक कार्य गरिरहेको हुन्छ ।
मानव शरिरको बालबालिका र किशोर ज्ञान तथा शिक्षासँगै खेल्ने रमाउने अवस्था हुन्छ, युवा अवस्था शिक्षासँगै रोजगारी, बृद्धबृद्धा अवस्था आरम गर्ने अवस्था हुन्छ । भनाई नै छ ‘जती नै शिक्षा तथा ज्ञान, सम्पत्ति भएपनि सधैं रहँदैन र मरेर जाँदा कसैले केही लान सक्दैन ।’
जतीनै ज्ञान सीप र शिक्षा भएपनि ४० बर्षदेखि त्यसको केही काम छैन, जती नै सुन्दर भएपनि ५० बर्षपछि सुन्दरता हराउँदै जान्छ । जती नै सामाजिक ब्यक्तित्व भएपनि उसलाई खासै समाजले खोज्न छोड्छ । जतीनै सम्पत्ति भएपनि ६० बर्षपछि त्यो सम्पत्तीको काम हुँदैन । त्यसैले मानव शरिरको अवधिभर सकेसम्म राम्रो काम गरेर आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बने मात्र मानव जीवन साकर हुन्छ ।
प्रतिक्रिया 0