बिर्तामोड । 

आफ्नो भाषा र संकृतिको जर्गोना गर्ने उद्धेश्यले साउने संक्रान्तिको अवसर पारेर आज बिर्तामोडमा सांस्कृति ¥याली प्रर्दशनी गरिएको छ ।  किङ गोर्खा फाउण्डेशन ९केजीएफ० को आयोजनामा बिभिन्न जातजातीको धर्मसंस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम भएको हो । बिर्तामोडस्थित मुक्ति चोकमा आ–आफ्नो जातीय पोशाकसहित सजिएका महिला तथा पुरुषहरुले आफ्नो संकस्कार र संकृतिको प्रचार गरेका छन् । 

सिसेक्पा तङनाम अथवा साउने सक्रन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा  राई, लिम्बूसहित  विभिन्न जातजातीका संस्कृतिक झल्काउने पोशाक, बाजागाजा प्रर्दशनसहित र्याली गरिएको  केजीएफका अध्यक्ष इहाङ लाबुङले जानकारी दिए ।

सवैलाई बाच्न पाउने अधिकार भएको र कोही पनि खान नपाएर मर्न नपरोस् भन्ने उदेश्यले केजीएफले बिर्तामोडमा रु ५ मा खाना खुवाउँदै आएको छ । संस्कार, संस्कृति, खेलकूद, कृषि, पशुपन्छी र मानव सेवामा सर्मपित प्रतिष्ठानले कोही पनि गरिवीका कारण खाना नपाएर समस्यामा नपरुन् भनेर रु। ५ मा खाना अभियान सञ्चालन गर्दै आएको केजीएफका कोषाध्यक्ष बिक्रम सुब्बाले बताए । उनका अनुसार हालसम्म २० हजार भन्दा वढीलाई खाना खुपाइसकिएको छ । यसैबीच साउने संक्रान्तिको अवसरमा सबैलाई खिर खुवाइएको थियो । 

सामकाजिक सेवासँगै सवै धर्म र संस्कृतिको संरक्षण गर्ने उदेश्यले गरिएको सांस्कृति कार्यक्रममा आफ्नो भेषभुषा तथा पहिचान झल्कने पोशाकसहित बिर्तामोडस्थित मुक्तीचोकमा सभागीहरुले आफ्नो संस्कार जोगाउनुपर्नेमा जोड दिएका छन् ।