झापा ।
झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमानले धारिलो हतियार प्रहार गरेर श्रीमती हत्यापछि आफु पासो लगाइए आत्महत्याको प्रयास गरेर गम्भीर घाइते रहेका दुवै जनाको मृत्यु भएको छ । दमक–१ रिपाली चोकका ४२ बर्षीय धन बहादुर दर्जी र उनकै श्रीमती ४२ बर्यीया बिजयकुमारी दर्जी एक आपसमा बादबिवाद गरी झै–झगडा हुँदा धनबहादुर दर्जीले श्रीमतीलाई खुकुरी प्रहार गरेरे आफु पासो लगाइ आत्महत्या प्रयास गरेका थिए ।
बुधवार दिनको २ बजेको समयमा खुकुरी प्रहारबाट बिजयीकुमारी दर्जीको टाँउको, बाँया हातमा चोट बोल्न नसक्ने अवस्था गम्भीर बनाई श्रीमान सोही घरको अर्को कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डीरहेको अवस्थामा उनकै छोरी २५ बर्षीया प्रियंका दर्जीले देखी पासो काटी भुईमा लडाएर प्रहरीलाई खवर गरेकी थिइन् ।
खवर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली गएर दुबै घाईतेलाई तत्काल उपचारको लागि दमक अस्पताल दमक पठाएको र दुबैको अवस्था गम्भीर रहेको र डाक्टरले चेकजाँच गर्दा दुवैको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















