झापा । 

झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । अटो र ट्याक्टर एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको र चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडक–खण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार झापा गाउँपालिका–४ भामटोलीका ३५ वर्षीया सुखि बिवी समेत पाँच जना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा सुखि बिवीको उपचारको क्रममा दिउँसो १ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।