काँकरभिट्टा । 

सेप्टेम्बर १८ देखि अक्टोबर ४ सम्म हुन गइरहेको २० औँ एसियन गेममा नेपाल राष्ट्रलाईनै प्रतिनिधित्व गर्दै बक्सिङ खेलमा जाने खेलाडीहरूलाई विदाई गरिएको छ । नेपालको पूर्वी सीमा काँकरभिट्टाको आइरन बक्सिङ क्लबको आयोजनामा विदाई कार्यक्रम सम्पन्न भएको हो । 

उक्त खेलको लागि सहभागी सवै खेलाडीलाई मेचीनगरका अगुवा व्यक्तित्वहरूले विदाईसँगै शुभकामना दिएका थिए । कार्यक्रम आइरन बक्सिङ क्लबका अध्यक्ष तथा झापा जिल्ला बक्सिङ संघका सदस्य विशाल गिरीले सञ्चालन गरेका थिए । 

बिदाई कार्यक्रमममा नेपाल बक्सिङ संघ कोशी प्रदेशका कोषाध्यक्ष तथा आइरन बक्सिङ क्लबका प्रशिक्षक सन्तबहादुर तामाङ, साना सहरी खानेपानी महासंघका केन्द्रीय सह–कोषाध्यक्ष गोविन्द गिरी, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी नितेश चापागाईं, सशस्त्र प्रहरी बलका डिएसपी योग थापा, एक्स थ्रिका प्रशिक्षक डम्बर सुब्बा, मेचीनगर वडा नम्बर ६ का जनप्रतिनिधि भविन्द्र सुब्बा, युवा व्यवसायी दिपक तामाङ, क्लासिक फिटनेस जिमका सञ्चालक आशिष गुरुङ, आइरन बक्सिङ क्लबका खेलाडी सूर्य मण्डल, प्रतिक गौतम, कर्म शेर्पा, रुपक अधिकारी, विशु गुरुङलगायतको उपस्थिति रहेको थियो ।