बिर्तामोड ।
श्रावण महिनाको अन्तिम सोमबारको अवसर पारेर लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले बिर्तामोड–३ स्थित बिर्ताबजार शिवालयमा फलफूल तथा पानी वितरण सम्पन्न गरेको छ ।
न्यु क्लब एक्टेसनकि अर्डिनेटर लायन पार्वता गिरीको प्रमुख आतिथ्यमा स्मार्ट लेडीले हिजो सोमबार फलफूल तथा पानी वितरण गरेको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकि अध्यक्ष सरु भुर्तेल खनालले जानकारी दिइन् । उक्त कार्यक्रममा फष्ट भिपि लायन गोमा मैनाली, सचिव लायन सोभा दाहाल, क्लब एडमिनिष्ट्रेटर लायन शीला भट्टराई र सदस्य लायन पुनम ओडारी, गीता बुढाथोकीलगायतको उपस्थिति रहेको बताइएको छ ।
कार्यक्रममा गोमेन्द्र बहुमुखी महाबिद्यालयबाट स्याउ र पानी, समाजसेवी मनोज खड्काबाट पानी,, गोमा दंगालबाट नासपाती र पुनम ओडारीबाट सेवा तथा सहयोग भएको थियो भने गोमेन्द्र कलेजका ध्रुव चापागाईंले सेवा कार्यमा सहजिकरण गरेका थिए ।
यसैगरी स्मार्ट लेडीले साउन २४ गते बिर्तामोड–४ को तारा नमस्ते बालग्राममा आश्रित अनाथ बालबालिकालाई भान्सामा चाहिने आवश्यक सामग्री हस्तान्तरण गरेको थियो । नेपालमा लायन्स क्लवको स्थापना गर्ने मातृकाप्रसाद कोइरालाको सम्झनामा दिप प्रज्वलनसहित बालबालिकालाई चकलेट वितरण गरिएको थियो ।
डिष्ट्रिक्ट चिफ (ओएजी) लायन सत्यनारायण शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रmममा न्यु क्लब एक्टेसन को–अर्डिनेटर लायन पार्वता गिरी, फष्ट भिपि लायन गोमा मैनाली खड्का, सचिव लायन सोभा दाहाल, सदस्य लायन गीता बुढाथोकी र तारा नमस्ते बालग्राममाकि व्यवस्थापक यशोदा पोखरेल चापागाईंलाई अध्यक्ष सरुले धन्यवाद दिएकी छिन् ।


















