झापा । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो अर्थात मंगलबारदेखि पूर्वी तराई क्षेत्र झापामा चर्कोघामसँगै अत्याधिक गर्मी बढेको छ । जसका कारण जनजीवन प्रभावित बन्दै गएको छ । हिजोदेखि चर्कोघाम र हावा नचल्दा जनवीवन प्रभावित बनेको हो । 

हाल देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको छ।

आज दिउँसो कोशी र  मधेश प्रदेशका साथै देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी  भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।  कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।