झापा ।
झापाको दमक नगरपालिका–२ बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । दमक–२ का २९ बर्षीय सन्तोष थापाले लागु औषधको कारोबार गरीरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट सादापोशाक समेतमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको हो ।
प्रहरीले गएराति ९ बजेको समयमा उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सन्तोष थापाको कोठा भित्र तलासी गर्दा प्लाष्टिकको स–सानानो पोका पारी लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ६ ग्राम १७० मिलिग्राम फेला परेको प्रहरीले जनाएको हो ।
उनलाई डिजिटल तराजु एक थान, नगद १४, ५०० रुपैयाँ समेत बरामद गरी सन्तोषलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















