शनिश्चरे । 

झापाका पत्रकार प्रेम आचार्यलाई मातृशोक परेको छ । पत्रकार आचार्यकी ममतामयी माता चन्द्रकला आचार्यको ७५ बर्षको उमेरमा आज बिहान राति उपचारको क्रममा मृत्यु भएको हो । 

झापाको अर्जुनधारा–८ का पत्रकार आचार्यकि माताको झापाको कनकाई हस्पिटलमा उपचारकै क्रममा आज (बिहीवार) ३ बजेको समयमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्व. आचार्यका तीनभाई छोराहरु मध्ये पत्रकार प्रेम आचार्य माइला छोरा हुन् ।  जेठो छोरा अम्बिका आचार्य र कान्छा खगेन्द्र आचार्य हुन् । स्व. माताको पार्थिव शरीरको आजै १०ः३० बजेपछि कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।