- रन्जित परियार
बुट्टाबारी ।
कमाएर खुवाउने छोरीलाई बोनम्यारो क्यान्सरले थलाएपछि छोरीको जीवन बचाइ दिन आमाले सम्पूर्णमा अपल गरेकी छिन् । झापा मेचिनगर–१३ स्थायी नमुना टोल चारआली बसोबास गर्ने शान्ता शिवाले २४ बर्षिय कान्छी छोरी समिक्षा देवडा शिवाको सञ्सानो सहयोग गरि जीवन बचाइ दिन आग्रह गरेकी छिन् ।
सानैमा बुबाले छाडेर गएपछि दुई छोरीको पालन पोषन गर्न केही बर्ष बिदेश गएको शान्ताले बताइन् । दिदिको बिहे भैसकेको र समिक्षाले पनि अत्यन्तै दुखले १२ कक्षा दशरथ माबिमा अध्ययन गरि सिङ्गापुर अध्ययन तथा वैदेशिक रोजगारमा जान तरखरमा रहेको उनी रोले समस्यामा परेकी छिन् । एक्कासि ज्वारो आएर बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचारको क्रममा क्यान्सर पत्ता गएको जेठमा थाहा भएपछि हस्पिटलकै सल्लाह अनुसार भारतको डिल्लीस्थित फोटुस क्यान्सर हस्पिटलमा उपचार भइरहेको आमा शान्ताले बताइन् ।
बोनम्यारो ट्रान्सप्लानको लागि ३० लाख भारु रुपैयाँ लाग्ने भएपछि सामान्य मान्छेले कसरी उपचार गर्ने बुबासँग सम्पर्क नरहेको आफुसँग भएको रकम पनि सकिएको र बिक्रि गर्ने आफुसँग जग्गा जमिन सुनचादी समेत केही नभएकोले सबैसँग सहयोगको आह्वान गरेकी छिन् । सहयोग गर्न चाहनेका लागि नेपालको मोबाइल नम्बर ९७०४११५२२२ र भारतको लागि ०९१९२३४१११८७० मा सम्पर्क गरि दिन समिक्षाकि आमा शान्ता शिवाले अनुरोध गरेकी छिन् ।


















