- शेखर सेढाई
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ। यो भ्रमणलाई नेपाली जनताले सामान्य कूटनीतिक भेटघाटका रूपमा मात्र हेरेका छैनन्। नयाँ नेतृत्व, नयाँ जनादेश र परिवर्तनको अपेक्षासहित बनेको सरकारले छिमेकी राष्ट्रसँग कस्तो सम्बन्ध स्थापित गर्छ भन्ने चासो पनि उत्तिकै छ।
प्रधानमन्त्रीज्यू,एउटा कुरा स्पष्ट छ—नेपालले भारतसँग कहिल्यै सम्बन्ध बिगार्न चाहदैन,तर सम्बन्ध राम्रो बनाउने नाममा आफ्नो राष्ट्रिय स्वभिमान र अस्मिता कमजोर पार्ने छुट पनि कसैलाई छैन।
विगतमा नेपालका धेरै प्रधानमन्त्री भारत भ्रमणमा जानुभयो। स्वागत भयो,भेटघाट भयो,सम्झौतामा हस्ताक्षर भए, संयुक्त वक्तव्य आए। तर भ्रमणपछि नेपाली जनताले खोजेको उपलब्धि कति प्राप्त भयोरु वर्षौँदेखि अल्झिएका सीमा समस्या किन समाधान भएनन्रु व्यापार घाटा किन बढिरह्योरु हवाई प्रवेश मार्ग, जलस्रोतको उचित उपयोग र नेपाली उत्पादनको बजार पहुँच किन अझै चुनौती बनेका छन्रु
भ्रमणको नाममा ूमुर्रा भैँसीूल्याउने विषयले समेत ूराष्ट्रिय बहसूसिर्जना गरेको तितो सत्य हामीसँग छ। भैँसी ल्याउनु आफैँमा गलत थिएन,तर त्यसलाई राष्ट्रिय उपलब्धिको ठूलो प्रचारका रूपमा प्रस्तुत गर्दा जनतामा कस्तो सन्देश गयो भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ। नेपाललाई अहिले प्रतीकात्मक उपलब्धिको प्रचार होइन, उत्पादन,रोजगारी,प्रविधि, व्यापार र आर्थिक आत्मनिर्भरताको वास्तविक उपलब्धि चाहिएको छ।
- सरकारलाई केही गम्भीर खबरदारी र सुझाव:
१) राष्ट्रिय स्वार्थभन्दा माथि कुनै सम्झौता नहोस्। नेपालको सार्वभौमिकता,सीमा,प्राकृतिक स्रोत र राष्ट्रिय हितसँग जोडिएका विषयमा पर्याप्त अध्ययन,विज्ञको सुझाव र दीर्घकालीन प्रभाव नहेरी कुनै सम्झौता वा हस्ताक्षर नगरियोस्।
२) हतारमा सम्झौता गरेर पछि पछुताउने अवस्था नआओस्। विगतमा गरिएका सम्झौता कार्यान्वयन नहुँदा देशले ठूलो अवसर गुमाउनु परेको छ। नयाँ सम्झौता गर्दा त्यसको समयसीमा,जिम्मेवारी र प्रतिफल स्पष्ट हुनुपर्छ।
३) सीमा समस्यालाई बेवास्ता नगरियोस्। कालापानी, लिपुलेक,लिम्पियाधुरा र सुस्तालगायतका विषय नेपालको राष्ट्रिय सरोकार हुन्। मित्रताको नाममा यी विषयलाई ओझेलमा पार्नु हुँदैन।
४) जलस्रोतको लाभ नेपालले पनि पाउने सुनिश्चितता होस्। विद्युत् उत्पादन र बिक्रीमा मात्र होइन,मूल्य निर्धारण,बजारमा पहुँच,लगानी र दीर्घकालीन लाभमा नेपालको हित सुरक्षित हुनुपर्छ।
५) आर्थिक सहयोगलाई राष्ट्रिय विकाससँग जोडियोस्। अनुदान र ऋणका नाममा प्राप्त हुने रकमको सट्टा नेपालले के उत्पादन गर्छ,कति रोजगारी सिर्जना हुन्छ र जनताको जीवनमा कस्तो परिवर्तन आउँछ भन्ने विषय प्राथमिकतामा पर्नुपर्छ।
६) हवाई मार्ग र पर्यटनमा ठोस उपलब्धि होस्। भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी बनाउने विषयमा परिणाममुखी पहल गरियोस्। कागजी सहमतिभन्दा कार्यान्वयन महत्त्वपूर्ण छ।
७) व्यक्तिगत सम्बन्ध होइन, संस्थागत सम्बन्ध बलियो बनोस्। दुई देशका सरकार, संसद्,प्रशासन र जनताबीचको सम्बन्ध दीर्घकालीन र पारदर्शी हुनुपर्छ। कुनै एक व्यक्तिको सम्बन्धले मात्र राष्ट्रिय कूटनीति चल्नु हुँदैन।
प्रधानमन्त्रीज्यू,तपाईंले परिवर्तनको आशा बोकेको जनमत प्राप्त गर्नुभएको छ। त्यसैले तपाईंको भ्रमणमा नेपाली जनताको अपेक्षा पनि विगतभन्दा फरक छ। भारतसँग मित्रता कायम राख्नुहोस्,लगानी भित्र्याउनुहोस्,अब नेपालका विकासका सबै ढोका खोल्नुहोस्। तर नेपाललाई कसैको प्रभाव,दबाब वा निर्भरतामा राख्ने कुनै पनि गलत सन्देश नदिनुहोस्।
भारत एउटा ठूलो र शक्तिशाली छिमेकी देश हो भने नेपाल पनि आफ्नै इतिहास,पहिचान, सार्वभौमिकता र स्वाभिमान भएको स्वतन्त्र राष्ट्र हो। दुई देशबीचको सम्बन्ध ठूलो र सानोको होइन,समान सार्वभौम राष्ट्रबीचको सम्मानपूर्ण सम्बन्ध हुनुपर्छ।
हामीलाई प्रधानमन्त्रीको भारत भ्रमणको तस्बिरभन्दा उपलब्धि चाहिएको छ। संयुक्त वक्तव्यभन्दा कार्यान्वयन चाहिएको छ। सम्झौतामा हस्ताक्षर गरेको समाचारभन्दा त्यसबाट नेपाली जनताले पाउने प्रतिफल चाहिएको छ।
अन्तिम प्रश्न प्रधानमन्त्रीज्यू
के तपाईं विगतका प्रधानमन्त्रीहरूकै भ्रमणको निरन्तरता दिन भारत जानुभएको हो,कि नेपालको कूटनीतिक इतिहासमा नयाँ अध्याय लेख्नरु
यदि नयाँ अध्याय लेख्ने हो भने यसपटक नेपालको हितविपरीत कुनै निर्णय नगर्नुहोस्। अध्ययनबिना कुनै सम्झौता नगर्नुहोस्। लोकप्रियताको लोभमा सामान्य विषयलाई राष्ट्रिय उपलब्धिको आवरण नदिनुहोस्।
देशको प्रधानमन्त्री हुनु भनेको देशको वर्तमान मात्र होइन,भावी पुस्ताको भविष्यप्रति पनि जिम्मेवार हुनु हो।
नेपाललाई अब नयाँ अनुहार मात्र होइन,नयाँ कार्यशैली,नयाँ कूटनीतिक सोच र परिणाम दिने नेतृत्व चाहिएको छ।
प्रधानमन्त्रीज्यू,भारतसँग हात मिलाएर फर्किनुहोस्,तर नेपालको स्वाभिमान र राष्ट्रियता झुकाएर होइन। मित्रता बढाएर फर्किनुहोस,शुभकामना छ।
हाल जापान, प्रतिकृयाको लागि:[email protected]
प्रतिक्रिया 0