झापा ।

कोरोना महामारीसँगै अन्य मुलुकबाट आउने पर्यटक आउन छाडेपछि नेपालका विभिन्न व्यवसायमा असर पर्दै आएको छ ।  पर्यटक  आउन छाडेपछि होटल ब्यवसाय, पर्यटक स्थल तीसँग आवद्ध व्यवसायहरु मारमा पर्दै आएका छन् । 

होटेल व्यवसायीले नेपालमा पर्यटक आउन तयार रहेको भन्दै खोप अभियान तीव्र बनाउन माग गरेका छन् ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट्दै व्यवसायीले यस्तो माग गरेका थिए ।

कोरोना महामारीबाट विस्तारै आन्तरिक पर्यटनमार्फत चलायमान हुन थालेको पर्यटन व्यवसाय जोगाउन समेत खोप अत्यावश्यक रहेको छ। कोरोनाको दोस्रो लहरले अत्यन्तै संकटग्रस्त अवस्थामा पुगेको पर्यटन तथा होटल ब्यवसाय संकटमा रहेको छ ।   विश्वका कतिपय मुलुकहरुमा कोभिडविरुद्धको खोपको मात्रा पुरा गरेका विदेशी नेपाल आउन तयार रहेका समेत हानकी अध्यक्ष सिर्जना राणा जानकारी थिइन् ।

होटेल व्यवसायीले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीहरुलाई खोप उपलब्ध गराउन सके पर्यटक आगमनको सम्भावना रहेको बताएका छन् ।