बिर्तामोड । 

पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर उपचार तथा प्यालिएटिभ केयर सेवाको क्षेत्रमा अन्तरािष्ट्रय स्तरको प्रतिष्ठत मान्यता हारिल गरेको छ । युरोपियन सोसाईटी फर मेडिकल अंकोलोजी -European Society for Medical Oncology(ESMO) अन्तरगतको Designated Centres of Integrated Oncology and Palliative Care Programme का लागि अस्पताल मान्यता प्राप्त केन्द्रको रुपमा छनौट भएकोे हो । 

स्पेनको म्याड्रिडमा २३ अक्टोबर २०२६, शुक्रबार आयोजित अन्तरािष्ट्रय सम्मेलनको अवसरमा अस्पताललाई उक्त मान्यता सम्बन्धी प्रमाणापत्र प्रदान गरिएको हो । पूर्वाञ्चल क्यान्स अस्पतालका मेडिकल डाइरेन्कटर डाक्बर विवरेन्द्रकुमार यादवले अस्पतालका तर्फबाट प्रमाणपत्र ग्रहण गरेका थिए । 

यो मान्यताले क्यान्सर उपचारसँगै बिरामीको जीवनको गुणस्तर, शारिरिक तथा भावनात्मक सहजता र समग्र हेरचाहलाई प्रथमिकता दिने एकीकृत अंकोलोजी तथा प्यालिएटिभ केयर सेववाप्रतिको अस्पतालको प्रतिवद्धतालाई अन्तराष्ट्रिय स्तरका पहिचान दिएको छ । 

युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (ESMO) क्यान्स सम्बन्धी अनुसन्धान, उपचार तथा बिरामीको हेरचाहको गुणस्सतर अभिबृद्धिमा क्रियाशिल अन्तराष्ट्रिय संस्था हो । यस अन्तरगतको Designated Centres of Integrated Oncology and Palliative Care Programme ले क्यान्सर उपचार र प्यालिएटिभ केयरलाई एकीकृत रुपमा अभिबढाउने केन्द्रहरुको प्रतिववद्धतालाई मान्यता प्रदान गर्नेछ । 

यस उपलब्धीले नेपालमा गुणस्तरीय, विरामी केन्द्रित तथा समग्र क्यान्सर उपचार सेवा विस्तार गर्ने प्रयासलाई थप प्रोत्साहन मिल्ने विस्वास गरिएको छ । साथै क्यान्सरको उपचारसँगै विरामी तथा परिवारको जीवनस्तर र सहजतालाई महत्व दिने सेवा प्रणालीलाई थप सहज बनाउन अस्पताललाई प्रेरणा मिल्नेछ । 

पूर्वाञ्चल क्यान्सर अस्पताल आधुनिक प्रविधि, विशेषज्ञ जनशक्ति तथा समग्र् क्यान्सर उपचार सेवामार्फत विरामीलाई गुणस्तरीय स्वास्थ्य सेववा प्रदान गर्ने उदेश्यका साथ निरन्तर क्रियाशिल छ ।  ESMO को यो मान्यताले अस्पतालको सेवा विकास, गुणस्तर अभिबृद्धि तथा अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बिरामी हेरचाह प्र्तिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल परिवार यस अन्तराष्ट्रिय उपलब्धिप्रति गौरवान्वित छ ।