अर्जुनधारा । 

अविरल वर्षाका कारण झापाको अर्जुनधारा–११ स्थित चारआली–शनिश्चरे सडक खण्डमा पर्ने कल्भर्ट भत्किएको २४ घण्टामा निर्माण सम्पन्न भएको छ । 

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानासहितको टोलीले अनुगमन गरेको २४ घण्टा नवित्तै कल्भर्ट पंखा निर्माण भएको हो । बर्षाका कारण कल्भर्टको दुवैसाइडका पंखा भत्किएपछि  सडक अवरुद्ध भएको थियो ।

a2

 नगरको टोलीले स्थानीय सरकारको साधनस्रोत प्रयोग गरेर सहजरुपमा सवारी साधन सञ्चालन हुने वातावरण सिर्जना गरेको छ । कल्भर्टको दुवै साइडमा वाङ्गिएका पंखालाई मिलाई उक्त स्थानमा गिटीबालुवा लगाएर निर्माण गरिएको नगर प्रमुख रानाले जानकारी दिए । अहिले सवारी साधन सञ्चालनमा कुनै समस्या नभएको बताइएको छ ।