कावासोती ।
लगातार बर्षाकाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । दाउन्नेको खुर्सानी खोला नजिक शुक्रबार बिहान करिब २ बजेतिर गएको पहिरोले यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पानी परिरहेको र पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ भने पहिरो पन्छाउने क्रम जारी नै रहेको छ ।
दुर्वतर्फबाट आउने सवारी साधानहरु रोकिएको जनाइएको छ ।
तस्वीर गुगलबाट


















