मोरङ ।
मोरङ बिराटनगर महानगरपालिका –१८ खोक्साहाका २८ बर्षीय पप्पुकुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रवार (आज) दिउसो ११ बजे विराटनगर १७ मा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाईते मण्डलको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले थप थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


















