अर्घाखाँची ।
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा शनिवार बिहान भएको सवारइ दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
काठमाडौबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको माइक्रोबस बिहान ५ बजेको आसपासमा शीतगङ्गा नगरपालिका – ३ ठाडामा दुर्घटना भएको हो ।
दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
घाइते छ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















