बिर्तामोड ।

नेपाल तथा अन्य मुलकमा पर्यटन प्रवर्धन तथा पर्यटकलाई सहज वातावरण बनाउने  उदेश्यले गुन्द्री डटकम सञ्चालनमा आएको छ । 

कुनैपनि देश तथा विदेशको पर्यटकलाई स्तर अनुसारको होटल फिजिकली र अनलाइन बुकिङका लागि समन्वय गर्ने उदेश्यले गुन्द्री सञ्चालनमा आएको हो । 

गुन्द्रीको टोलीले बुधवार बिर्तामोडमा झापाली पत्रकारहरुसँगको भेटघाटमा त्यस्तो कुराको जानकारी दिएको छ । नेपालमा करिब २ करोड जनसंख्या रहेको बताउँदै गुन्द्रीले ८० हजारको जनसंख्या इन्टरनेटको पहुँचमा रहेको जानकारी दिएको छ । 

नेपालमा रहेका सम्पूर्ण होटलको विवरण सरकारसँग समेत नरहेकाले हाल त्यसको विवरण ब्यवस्थित र पर्यटकले आफ्नो स्तरको अनुसारको होटल छनौट र टिकटिङको सेवा दिने गुन्द्री टोलीका बिधान पोखरेलले जानकारी दिए । कसैले पनि गुन्द्रीको पार्टनर बन्नसक्ने, कुनैपनि स्थानमा रहेको होटल र त्यस क्षेत्रको धार्मिक तथा पर्यटक क्षेत्रको जानकारी लिन सकिने साथै गुन्द्री डटकम लगइन गरेर होटलले त्यस क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रको तस्वीर र बिबरण राख्न सक्ने टोलीका देवेन्द्र शाही ठाकुरीले बताए । 

योजना ठूलो रहेको बताउँदै हाल नेपालका होटललाई ब्यवस्थित गर्दै अन्य मुलकका होटल तथा पर्यटकीय क्षेत्रलाई पनि समेट्ने उनले बताए । गुन्द्रीको एप डाउनलोड गरेर प्रत्येक कुराको जानकारी लिन सकिने बताइएको छ । 

कार्यक्रममा गुन्द्री टोलीका होमनाथ कोइराला, बिनोद अधिकारी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, नारी सञ्चारगृहकी भिमा शिवाकोटीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।