घैलाडुब्बा । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था घैलाडुब्बा सेवा केन्द्रले संस्थाको २७ औं बार्षिकोत्सव मनाएको छ । चारपानेमा प्रमुख कार्यालय रहेको संस्थाको घैलाडुब्बा सेवा केन्द्रले विविध कार्यक्रम गर्दै बार्षिकोत्सव मनाएको हो । 

सेवा केन्द्रको कार्यालय घैलाडुब्बामा सोमवार  सांगेतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो । सोही अवसरमा सेवा केन्द्रका उत्कृष्ट उद्यमी सदस्य शुकसरी राजवंशी र रेनुका गड्तौला चम्लागाईलाई सम्मान गरिएको थियो । 

33

सेवा केन्द्र सहयोग समिति संयोजक गौरा उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा कनकाई नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष प्रेमप्रसाद राजवंशीले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा विशिष्ठ अतिथि सहारा साकोसका सञ्चालक समिति सदस्य तथा आदर्श बिद्या मन्दिरका प्रध्यानाध्यापक नरहरि न्यौपाने, बिशेष अतिथि इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रतिनिधि रत्नबहादुर भट्टराई रहेका थिए । 

स्वागत सहयोग समिति सदस्य नर्बदा संग्रौलाले गरेका कार्यक्रममा संस्थाको बस्तु स्थितिको वारे बिर्तामोड अनुगमन अधिकृत घनश्याम रायले जानकारी दिएका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम सञ्चालन सेवाकेन्द्र प्रमुख निर्मला प्रसाईले गरेकी थिइन् ।