बिर्तामोड । 

बिर्तामोड नगरपालिकाले कृषकहरुलाई च्यापकटर र मकै छोडाउने मेशिन वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखा र पशुपंछि मत्स्य विकास शाखाले सहारा नेपाल साकोसँंगको लागत साझेदारीमा ६० थान च्यापकटर र २५ थान मकै छोडाउने मेशिन वितरण गरेको हो । 

शनिबार एक कार्यक्रमका विच नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाई र सहारा नेपाल साकोस चारपानेका सहसचिव ज्ञानुनाथ मैनालीले संयुक्त रुपमा उक्त सामाग्री वितरण गरेका हुन् । 

मकै छोडाउने मेशिन विभिन्न वडाका २५ वटा कृषक समुह र च्यापकटर ६० जना कृषकहरुलाई वितरण गरीएको पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिइन्  ।

आर्थिक वर्ष २०७८/०७९को वार्षिक स्विकृत कार्यक्रम अनुसार सामाग्री वितरण गरीएको जनाइएको छ । मेशिन वितरण कार्यक्रममा विर्तामोड ९ की वडाध्यक्ष पवित्रा पाठक, सहारा नेपाल साकोसका शंकर रिजाल, नगरको कृषि विकास शाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया लगायतको उपस्थिति रहेको थियो ।