बिर्तामोड ।

झापाको बिर्तामोडमा  इपीएस मार्फत दक्षिण कोरीया गएका कामदारका परिवारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखा ग्वार्को ललितपूरको आयोजना तथा अंकुर नेपाल बिर्तामोडको सहयोगमा शनिवार (आज) कार्यक्रम भएको थियो । 

वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाकाकी लेखापाल चन्द्रा डाँगीले स्वागत गरेकी थिइन् । 

कार्यक्रममा वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवाल, पूर्व निर्देशक डिल्लीराम वाँस्तोला, अंकुर नेपालका केन्द्रीय उपाध्यक्ष सञ्जीव चापागाईं, बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईंलगायतले इपीएस मार्फत दक्षिण कोरीया गएका कामदारका परिवारसँग अन्तरक्रिया गरेका थिए ।

उनीहरुले इपीएस मार्फत दक्षिण कोरीया गएका कामदारले गर्ने काम, कम्पनि, काम गर्ने अवधि, त्यहाँको बातावरण , इपीएस मार्फत दक्षिण कोरीया गएका कामदारको मनोवल उच्च बनाउन परिवारले खेल्नुपर्ने भूमिकालगायतका विषयमा कामदारका आफन्तलाई जानकारी गराएका थिए । 

कार्यक्रमको सञ्चालन वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाकी शाखा अधिकृत कल्पना खनाल रेग्मीले गरेकी थिइन्  ।