बिर्तामोड । 

टिभीएस बाइकको आधिकारिक बिक्रेता पाथीभरा अटो लिङ्क बिर्तामोडले झापाको बिर्तामोडमा टिभीएस कम्पनीको नयाँ बाइक सार्वजनिक गरेकोे छ ।

सोमवार (आज) टिभीएसको अपाचे आरटीआर १६० फोरभी बाइक बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेली, शोरुमका सञ्चालक याम कार्कीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । 

 कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले टिभीएसले हरेक वर्ग, उमेरका मानिसलाई लक्षित गरेर टिभीएसले बाइकहरु उत्पादन गर्दै आएको बताए । ग्राहकको सुविधालाई कम्पनीले सदैव प्राथमिकता दिएको उनको भनाई थियो ।  

bike opening

टिभीएसको आरटीआर १६० फोरभी बाइकको फिचरका बारेमा अटो लिङ्कका सेल्स पर्सन सुदिप पाठकलले जानकारी दिएका थिए । उनले बाइकले प्रतिलिटर ५२ देखि ५५ लिटरसम्म माइलेज दिने, स्मार्ट कनेक्सन (मोबाइल र गाडीको मिटरसँग कनेक्सन), ती प्रकारको मोडमा बाइक कुदाउन सकिने लगायतका बारमा जानकारी दिएका थिए ।   

नेपालका लागि टिभीएसको आधिकारी बिक्रेता जगदम्बा मोटर्सले यसअघि नै बाइक सार्वजनिक गरिसकेको छ भने रिजनल रुपमा सार्वजनिक गर्ने कार्यक्रम अन्तरगत पाथीभरा अटो लिङ्कले बाइक सार्वजनिक गरेको हो ।

 टिभीएसको आरटीआर १६० फोरभी नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोटरसाइकल हो । जसमा तीन राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचर छन् । टिभीएसको आरटीआर १६० फोरभीको बजार मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ । 

शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधासमेत रहेको कम्पनीका एरिया सेल्स म्यानेजर तीर्थ रिजालले जानकारी दिएका छन् । उनका अनुसार पाथीभरा अटो लिङ्क पाथिभरा अटोलिंक सोरुम टप १० मध्येको शोरुम हो ।