झापा । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  शेरबहादुर  कुँवरले  वैदेशिक  रोजगारीका  क्रममा ठगिएकाले प्रमाणसहित उजुरी दिए कारवाही गर्ने बताएका छन् । 

उनले  ठगिएकाहरूले स–प्रमाण उजुरी दिए  कारबाही  गर्ने  प्रतिबद्धता  जनाएका  हुन्  । प्रत्यक्षरुपमा  स्वदेश  तथा  विदेशमा  कार्यरत  कामदारको  गुनासो  सुन्ने  साप्ताहिक कार्ययोजना बनाएका मन्त्री कुँवरले आइतबार पहिलो दिन  बिहान  ११  बजेदेखि  १२  बजेसम्म  ६  जना  कामदारको  गुनासो सुनेका थिए । मन्त्री   कुँवरले   वैदेशिक  रोजगारीका  लागि  जाने  कामदारलाई  अनुचित  प्रलोभन दिएर ठगी गर्ने व्यक्ति वा संस्थाका सम्बन्धमा पीडितले प्रमाणसहित उजुरी दिए तत्काल कारबाही गर्ने बताएका छन् । 

वैदेशिक रोजगारीमा जाने क्रममा १० वर्ष अगाडि ठगी गर्ने व्यक्तिसमेतलाई पक्राउ  गरिएको  भन्दै  मन्त्री  कुँवरले  ठगी  गर्ने  व्यक्ति  केही  समयको  लागि  लुकेर  सुरक्षित  भएपनि  उनीहरू  कारबाहीबाट  नबच्ने बताए । 

त्यस  अवसरमा  वैदेशिक  रोजगारीमा रहेकाहरूले विदेशमा मृत्युु  भएका  कामदारको  शव  समयमै नेपाल ल्याउन नसक्दा श्रममन्त्री कुवरले सुने कामदारका गुनासो प्रमाणसहित उजुरी दिए कामदार ठग्नेलाई कारबाही गर्ने प्रतिबद्धता अविभावक  गुमाएका  परिवार  तनावमा  रहने  गरेकोे,  मेलेसिया  तथा  खाडीका  अन्य  देशमा  रोजगारीमा  जाने  कामदारबाट  म्यानपावर  कम्पनीहरुले  लाखौं  रकम  लिएकोलगायतका  गुनासो  राखेका थिए । 

मन्त्री  कुँवरले  श्रमिकको  गुनासो सुन्नुको उद्देश्य श्रमिकका समस्या समाधानका लागि मन्त्रालय गम्भीर र तत्पर रहेको स्पष्ट हुने भन्दै आएका उजुरी समाधान गर्न ढिला नगरिने बताए । श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै ज्यान  गएकालाई  नेपाल  ल्याउन  केही  कानूनी  जटिलताहरु  रहेको  बताउँदै  मन्त्री  कुँवरले  कामदारले  कामको  प्रकृति,  सम्बन्धित  देशको  कानून,  धर्म  सँस्कृति  र  परम्परा  नबुझी  विदेश  नजान  पनि  आग्रह  गरे । 

मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट दुई सय वटा उजुरी आउने गरेको जानकारी दिए  ।  मन्त्रालयले  उजुरी  छनोट  गरेर  प्रहरी  र  विभिन्न  विभागमा  सम्बोधनका  लागि  पठाउने  गरेको  जानकारी  दिँदै  सचिव  अर्यालले  कल  सेन्टरमा  आएका  उजुरीको  आधारमा  गत  वैशाख यताको  चार  महिनामा  पीडितहरुको  ३०  करोड  रुपैयाँ असुल गरेको बताए । सचिव अर्यालले  मन्त्रालयमा  कल  सेन्टर  स्थापना गरिएको ६ वर्ष पुगेको र दैनिक २ सय भन्दा बढी गुनासाहरु आउने गरेको पनि जानकारी दिए ।