झापा । 

वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या बृद्धि भएको छ । भदौ महिनामा संस्थागत रुपमा ५० हजार ५० जना युवायुवती बैदेशिक रोजगारका लागि गएको तथ्याङ्कले देखाएको छ । जसमध्ये ३३ हजार ३ जना नेपाली युवायुवती मलेशिया गएका छन् । भदौमा १ हजार ८३ महिला मलेशिया गएका छन् ।

भदौमा संस्थागत वैधानिकीकरण, व्यक्तिगत नयाँ र पुनः श्रम स्वीकृतिमार्फत ७६ हजार ४ सय ३ जना युवायुवती वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । यो संख्या कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी शुरु भएयताकै धेरै हो । 

वैदेशिक रोजगार विभागद्वारा सार्वजनिक मासिक प्रगति विवरणअनुसार भदौमा मलेशिया त्यसपछि क्रमशः म्यानपावर कम्पनीमार्फत कतारमा ४ हजार ३ सय ४ जना, कुवेतमा ३ हजार ८ सय ४९ जना, यूएईमा ३ हजार ४ सय ४३ जना, साउदी अरबमा ३ हजार २ सय ६ जना, बहराइनमा ४ सय ३५ जना र क्रोएसियामा १ सय ८२ जना गएका छन् । म्यानपावर कम्पनीहरुले विभिन्न १८ देशका लागि श्रम स्वीकृति लिएका छन् ।