सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर २ र १ मा रहेको जामुनावारी सामुदायिक बन उपभोक्ता समुह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको २७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । 

समुहको कार्यालयमा सोमवार (आज) सोमबार समुहको अध्यक्ष ख्यामराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । 

साधारणसभामा सरस्वती माबि र पञ्चकन्या प्राबिका बिद्यार्थीलाई छात्रवृत्ति अन्तरगत नगदसहित स्टेशनरी सामाग्री प्रदान गरिएको थियो । कार्यक्रममा सरस्वती माबिको कक्षा ३ की एन्जिला परियार, कक्षा ४ की रेश्मा माझी, कक्षा ५ की प्रेमिका ताजपुरिया, कक्षा ९ की सोनिया श्रेष्ठ र कक्षा १० की पवित्रा कटुवाल त्यस्तै पञ्चकन्या प्राबिकी कक्षा १ मा अध्ययनरत आयुसा डाँगी र कक्षा २ मा अध्ययनरत सबिता हेमरमलाई छात्रबृत्ति प्रदान गरिएको थियो । 

त्यसैगरी उत्कृष्ट कर्मचारीको रुपमा सरला तामाङ र उपभोक्ताको तर्फबाट दुर्गादेबी ओलीलाई सम्मान गरिएको थियो भने ओमनाथ भट्टराईलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो । 

स्वागत समुहका उपाध्यक्ष बिष्णुप्रसाद ओलीले गरेको कार्यक्रममा बिशिष्ठ अतिथि सामुदायिक बन उपभोक्ता महासंघका वेदप्रकाश भण्डारी, कनकाई वडा नं. २ का अडाध्यक्ष बलराम राई, वडा सदस्य निर्मला खड्कालगायत आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।  

कार्यक्रममा आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष यशुनाथ अधिकारीले प्रस्तुत गरेका थिए भने बार्षिक अनुमानित बजेट समुहका कार्यालय सचिव अम्बरबहादुर चौहान (मिलन) ले प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर प्रमुख तथा प्रमुख अतिथि पोखरेल, कनकाई २ का वडाध्यक्ष बलराम राई, कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत,  कनकाई वडा न १ कि  जनप्रतिनिधि निर्मला खड्का,  सम्मानित व्यक्तिहरुको तर्फबाट ओमनाथ भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन समुहकी सचिब मनिता राई र सह–सचिव पुजन बाह्रकोटीले संयुक्त रुपमा गरेका थिए । 

jamunn