झापा । 

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखा झापाको अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । 

बिर्तामोडमा भएको आठौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट घिमिरेको नेतृत्व सर्वसम्मत चयन गरिएको हो । 

क्यान झापाको सदस्यहरुमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ पदेन रहनेछन् । सदस्यहरुमा लोकप्रिय खनाल, विनोद श्रेष्ठ, रोशन बुढाथोकी, योगेश राजवंशी र पंकज पोखरेल निर्वाचित भएका छन् । यस्तै नवनिर्वाचित सदस्यहरुमा सुशिल कडरिया, खगेन्द्र मिश्र र विनोद खनाल रहेको निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र भण्डारीले घोषणा गरेका थिए । 

क्यान झापा शाखाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य भुपेन्द्र मैनालीको प्रमुख आतिथ्यमा साधारण सभा तथा अधिवेशन सम्पन्न गरिएको थियो ।  कार्यक्रममा डा. रुपक खनाल, पत्रकार गोपाल काफ्लेलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।