बिर्तामोड । 

साहित्य चौतारी झापाले बिर्तामोडमा मासिक सांगीतिक काव्यसभा तथा नारायण गोपाल स्मृति साँझ सम्पन्न गरेको छ । चौतारीले विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जनको प्रमुख आतिथ्य तथा मा संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीको विशेष उपस्थितिमा सांगीतिक काव्यसभा सम्पन्न गरेको हो । 

कार्यक्रममा संस्थाका कला विधाका पूर्व उपाध्यक्ष मूर्तिकार हिम्मत नेम्वाङको विशेष प्रस्तुति रहेको थियो । नेम्वाङ पत्थर पगाल्ने मूर्तिकलाका अग्रज हुन्  । 

साहित्य संगीत र कलाका नियमित कार्यक्रम पनि गरिएको थियो भने शनिवार  बिहान ११ बजेदेखि ३ बजेसम्म मासिक सांगीतिक काव्यसभा भएको    साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए । त्यस्तै ५ बजेदेखि स्वर सम्राट नारायण गोपालको ३२ औँ स्मृति साँझ कार्यक्रम आयोजना गरिएको छ । 

विशिष्ट गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा लामो समयदेखि साहित्य, संगीत र कलाको क्षेत्रमा अनरवत सक्रिय प्रतिभा कर्म योजनलाई अभिनन्दन गरिएको छ । 

चार दशकदेखि भाषा, कला र साहित्यको श्रीवृद्धिमा संलग्न जीवन अधिकारी र विष्णु अधिकारीलाई दीर्घ साधना सेवा सम्मान प्रदान गरिएको साहित्य चौतारीका संरक्षक श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नारायण गोपालका कालजयी गीत गुञ्जका थिए । विष्णु अधिकारीको एकल प्रस्तुतिले कार्यक्रम थप आकर्षक र संगीतमय बनेको थियो । 

नारायण गोपाल स्मृति साँझमा जिल्ला बिभिन्न सामाजिक संघसंस्था अध्यक्ष तथा प्रतिनिधि, व्यवसायी, भाषा, कला र साहित्यका प्रतिभा, सष्टा तथा सर्जकको उपस्थिति रहेको जनाइएको छ । 

sahitya chautari