झापा ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा उम्मेद्वारका आकांक्षी बढेसँगै उम्मेद्वार छनोट समितिलाई सकस भएको छ । उम्मेद्वारका आकांक्षीहरुले जोडतोडले आफ्नो पक्षमा निर्णय हुनुपर्ने दवाब जारी राखेका कारण उम्मेद्वार छनोट समितिलाई सकस भएको हो ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
संघको विधानअनुसार अध्यक्ष बाहेक तीन उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित ६ पदाधिकारी रहेका छन् । उम्मेदवार छनोट समितिले आकांक्षीहरुको निवेदनमाथि छलफल गरेर आइतबारसम्म उम्मेदवारको टुंगो लगाउने जनाएको छ ।
एशोसिएसनले अध्यक्ष बाहेक अन्य पदाधिकारीका लागि निर्वाचनमा उम्मेदवार हुन चाहने आकांक्षीहरुलाई बिहीबार साँझ ५ बजेसम्म एशोसिएसनलाई बुझाउन सदस्यता शुल्क बुझाएको रसिदसहितको लिखित निवेदन दिन समय दिइएको छ ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
संघको निर्वाचनमा नेपाली कांग्रेस निकट एशोसिएसन, एमाले निकट प्रगतिशील मञ्च नेपाल, नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्च, नेकपा एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, संघीय समाजवादी पार्टी निकट समाजवादी वैदेशिक रोजगार व्यवसायी संघ, महिला वैदेशिक रोजगार व्यवसायी संघ र जातीय तथा क्षेत्रीय भेगीय संस्थाहरु निर्णायक हुने गरेका छन् ।
संघको २९ औं साधारणसभा र निर्वाचन आगामी माघ ६ गते तोकिएको छ ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)