बिर्तामोड । 

बैदेशिक रोजगारबाट फर्कीएका बेरोजगार व्यक्तिहरुको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको पुन एकीकरण कार्यक्रम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

रोजगार सेवा केन्द्र बिर्तामोड नगरपालिकाको आयोजनामा आइतवार (आज) बिर्तामोडमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

 कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले यस प्रकारका कार्यक्रमहरुबाट सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेकी छिन् । उनले स्थानिय श्रोतसाधन र सिपलाई प्रयोग गरेर सबै जना व्यवसायिक बन्नु पर्नेमा जोड दिइन् ।

यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले आफुसंग सिप र ज्ञान भयो भने मात्रै उत्पादनमुखि क्षेत्रमा लाग्न सकिने धारणा राखे । उनले सामाजिक सञ्जालको प्रयोग गर्ने समयलाई कम गरेर कृषि, व्यापार, व्यवसाय, होटल लगायतका आयआर्जन मुलक क्षेत्रमा लाग्न सहभागिलाई आग्रह गरे  ।

कार्यक्रममा वित्तिय पहुँच परामर्श सेवा, व्यवसाय विकास परामर्श सेवा, वित्तीय साक्षरता,पूँजी प्रवाह, मनोसामाजिक परामर्श, स्वारोजगार आय आर्जन, सीपविकास तालीम लगायतका विषयमा छलफल गरिएको थियो । 

४० जना भन्दा बढी सहभागि यस अभिमुखिकरण कार्यक्रमलाई सुरक्षित आप्रवासन (सामी) कार्यक्रम भद्रपुरका कार्यक्रम संयोजक फणिन्द्रप्रसाद दाहाल र रोजगार सेवा केन्द्र बिर्तामोडका संयोजक होमनाथ भट्टराईले सहजीकरण गरेका थिए । कार्यक्रममा बैदेशिक रोजगारबाट फर्कीएका र टोलविकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।