झापा । 

भोली माघ ६ गते शुक्रबार हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि चारवटा प्यानल मैदानमा उत्रिएका छन् । संघको नेतृत्व लिन प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारीको प्यानल, भुवनसिंह गुरुङ प्यानलले व्यवसायी भेला सम्पन्न गरेको छ । 

त्यस्तै डा. ईश्वर जिसीले नेतृत्व गरेको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानल र लोकतान्त्रिक एशोसिएसनका आधिकारिक उम्मेदवार कुमुद खनाल प्यानलका उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेर प्यानलका पक्षमा मत मागेका छन् ।

संघको निर्वाचनमा होमिएका चारवटा प्यानलको चुनाव प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ । चुनावी मैदानमा उत्रिएका चारवटै प्यानलले आ–आफ्ना एजेण्डासहित मत आफ्नो पक्षमा पार्न प्रचारप्रसारलाई तिब्र पारेका छन् ।