झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आज (शुक्रवार)  २९ औं साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचन हुँदैछ । संघको साधारण सभाले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेपछि शुक्रबार नै आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचन हुने जनाइएको छ । 

२१ सदस्यीय संघको कार्यसमितिमध्ये अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी सात पदाधिकारी र कार्यसमितिका दश सदस्यको निर्वाचन हुनेछ । ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनीत गर्ने विधानमा व्यवस्था छ । 

 नयाँ कार्यसमिति निर्वाचनमा संघका ७ सय प्रतिनिधिमध्ये ६ सय ९२ व्यवसायीले मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा चारवटा प्यालले प्रतिस्पर्धा गर्दैछन् । साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।