झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । शनिबार (आज) बिहान सम्पन्न संघको २९ औं साधारणसभा पछिको  कार्यसमिति निर्वाचन परिणाम अनुसार भण्डारी आफ्ना तीन प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

भण्डारीले १ सय ९९ मत ल्याउदा निकट प्रतिस्पर्धी अध्यक्षका उम्मेद्वार कुमुद खनालले १ सय ५७ मत पाए । त्यस्तै अर्का अध्यक्षका प्रतिस्पर्धी विद्रोही भुवनसिंह गुरूङले १ सय ३१ र ईश्वर जिसीले १ सय १८ मत ल्याएका थिए  । 

 संघको प्रथम उपाध्यक्षमा  डिकबहादुर खत्री कुमार,  द्वितीय उपाध्यक्षमा सञ्जु गुरूङ, तृतीय उपाध्यक्षमा रोशन कटुवाल बिजयी भएका छन् । महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल, कोषाध्यक्षमा सरिता घले निर्वाचित भएका छन् । 

 त्यसैगरी सदस्यमा राजेन्द्र बस्नेत, विक्रम श्रेष्ठ, देवमाया थापा, बैकुण्ठप्रसाद पौडेल, कैलाश पाठक, देउमान नेम्वाङ, आनन्द कोइराला, नारायण भुसाल, तोरणबहादुर कार्की र चन्द्रबहादुर लिम्बु निर्वाचित भएका छन् ।