झापा । 

महिनामा ७० हजार नेपाली कामदार बैदेशिक रोजगारका लागि विदेशीने गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई लाख ७५ हजार छ सय ४३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । 

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भभएको छ । जुन दुई लाख ७५ हजार ६ सय ४३ पुगेको भन्दै राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ९.५ प्रतिशतले वृद्धि भएर एक लाख ४२ हजार पाँच सय ४८ पुगेको जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ९८ दशमलव एक प्रतिशतले बढेको थियो । नयाँ र पुनः श्रम स्वीकृति गरी ६ महिनाको अवधिमा ४ लाख १८ हजार १ सय ९१ पुगेको छ । 

 ६ महिनाको अवधिमा पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरकोे विप्रेषण भित्रिएको बैंकले जनाएको छ । बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको छ ।