मेचीनगर । 

झापाको मेचीनगर नगरपालिका–१३स्थित दुहागढी क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले गुम्बा निर्माण हुने भएको छ ।

गुम्बा निर्माणका अभियन्ता एवम् जग्गादाता छिरीङ शेर्पाको अध्यक्षतामा बिहीबार(आज) आयोजित आयु अभिषेक एवम् शिलान्यास कार्यक्रममा गुम्बा निर्माण स्थलको भूमिपुजन गरिएको थियो ।

एक विगाहा क्षेत्रफलमा निर्माण हुने गुम्बा लामा गुरु हिसेस साङपो रिम्पोछेलगायतको सहयोगमा निर्माण हुने बुद्धशान्तिस्थित पाल्युल देछेन छोलिङ गुम्बाका पूर्व अध्यक्ष भक्त ग्लान तामाङले जानकारी दिए । उक्त गुम्बा निर्माण गर्न जग्गादाता शेर्पाले १० कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् ।