सुरुङ्गा । 

विद्यमान शिक्षा प्रणालीलाई सुधार गर्दै वैज्ञानिक, जनवादी र सर्वसुलभ तथा निःशुल्क रुपमा शिक्षा प्राप्त गर्ने ब्यवस्था लगायतका एजेन्डासहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन( अनेरास्ववियु) का तर्फबाट अध्यक्षमा चेतन आचार्यले उम्मेद्वारी दिएका छन् । 

आचार्यले चैत ५ गते हुने स्ववियु निर्वाचनमा कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाबाट अनेरास्ववियु संगठनको प्रत्यक्ष तर्फबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् । 

त्यसैगरी सचिवमा मौसम अधिकारी, कोषाध्यक्षमा प्रिया पुरी, सदस्यमा निकिता कार्की, मिना ढुङ्गेल, रोहन कोइराला, जोमर अली, मनिष हिङमाङ दर्जी, मदन उप्रेती र प्रकाश गौतमले उम्मेद्वारी दिएका छन् । उनीहरुले स्वतन्त्र बिद्यार्थी प्यानल प्रत्यक्ष तर्फबाट साझा उम्मेद्वारी दिएका छन् । 

यता नेबिसंघ, अखिल (क्रान्तिकारी), राप्रपा बिद्यार्थी संगठनले संयुक्त रुपमा उम्मेद्वारी दिएका छन् । उनीहरुले अध्यक्षमा नेविसंघका कुवेरनाथ दाहाललाई अध्यक्ष बनाएका छन् भने स्वतन्त्रका तर्फबाट अध्यक्षमा दिल्लीराम खरेल (महेश) ले उम्मेद्वारी दिएका छन् । त्यस्तै सचिव र सदस्यमा संघीय लिम्बुवानको बिद्यार्थी संगठनले पनि उम्मेद्वारी दिएको जनाइएको छ ।