हल्दीबारी। 

झापाको हल्दिबारी वडा नम्बर २ को सरस्वती आधारभूत बिद्यालय ब्यवस्थापन समितिका सात जना सदस्यले गाउँपालिकाप्रति घोर आपत्ति जनाएका छन् । 

बिद्यालयका ब्यवस्थापन समितिका सदस्य खकेन राजवंशी, खिना देबी घिमिरे, सन्जु राजवंशी, मिना कालिकोटे, जनप्रतिनिधि तथा ब्यवस्थापन समिति सदस्य रचना कुलुङ्ग, शिव थारू र सनिका राईले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै पालिकाप्रति आपत्ति जनाएका हुन् । 

सातै जनाद्धारा हस्ताक्षरित संयुक्त बिज्ञप्तिमा भनिएको छ ‘गाउँपालिकाको  नालायकपन र बिद्यालय प्रतिको गैर जिम्मेवारीपनको घोर आपत्ति प्रकट गर्दछौ ।’ उनीहरुले पालिकाकाका अध्यक्षको गैर जिम्मेवारीपन कार्यले बिद्यालयलाई बन्धक बनाएको बिज्ञप्ती मार्फत आरोप लगाएका छन् । 

गाउँपालिकामा बुझाएको ज्ञापन पत्रको छलफल स्वयमः आफुले नगरी वडामा छलफल गराईदिन पत्र काट्नु अध्यक्षको गैर जिम्मेवारी भएको बिज्ञप्तीमा भनिएको छ । 

शिक्षा समितिको संयोजकको गैर जिम्मेबारीपन र शिक्षा शाखाको स्कुल प्रतिको उदासिनताका कारणले स्कुलको बिद्यालय ब्यवस्थापन समितिको बैठक बस्न नसकेको, बिद्यालयको बैंक खाता समेत सञ्चालन हुन नसक्ता शिक्षकको तलव, बाल खाजा र निर्माण भइरहेको राष्ट्रियपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको बिद्यालयको निर्माणाधिन ४ कोठे भवन निर्माण कार्य समेत रोकिने अवस्था सिर्जना भएको, दिन दिनै बिद्यालयको अवस्था बिग्रदै गएको र उक्त कारणले विद्यार्थीको बार्षिक परीक्षामा समेत प्रभाव पर्ने अवस्था भएपछि उक्त, कुरालाई ध्यानमा राखेर वैठकबसी खाता सञ्चालन गर्ने निर्णय गरिएको  उनीहरुले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तीमा भनिएको छ ‘उक्त कुरालाई मध्यनगर गरी वैठक बसेर खाता सञ्चालनको बातावरण बनेपनि आन्दोलन चरणबद्ध रुपमा जारी राख्ने सम्वन्धित सबैलाई जानकारी गराउदै गाउँपालिकालाई यथासिघ्र ईश्वरी दाहाललाई अध्यक्ष पदबाट हटाउन माग गर्दछौं ।’