सुरुङ्गा । 

वियल राई निर्देशित चलचित्र ‘द वेष्ट पर्शन’ झापाको राजगडको एभरेस्ट डिजिटल सिनेमा हलमा प्रदर्शन भएको छ । तुलसी मिश्रको लेखन उक्त चलचित्रले सामाजिक कुरितिलाई नाङ्गो बनाई दिएको छ । मुख्यतया युवा पुस्ताले छुटाउन नहुने कथावस्तु रहेको चलचित्रमा चार वटा कथा रहेका छन् ।  

कथा चारवटा भएकै कारण पनि चलचित्रमा मुख्य कलाकार धेरै रहेका छन् । चलचित्रले समाजमा घटित लागुपदार्थ, दाईजो प्रथा, बलात्कार र प्रेम वियोगको पीडा तथा दुरुत्साहन विरुद्ध ठाडो प्रहार गरेकै कारण पनि युवा, वालवालिका, वयस्क तथा वृद्धवृद्धामा गहिरो छाप छोड्न सफल भएको चलचित्र हेरेर फर्किएका झापा क्षेत्र नम्बर ३(ख) का प्रदेश सांसद छवि चुडालले बताए ।

 त्यस्तै हल्दिवारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मी मैनाली र वडा नम्बर १ र ४ का वडाध्यक्ष,  राप्रपा हल्दिबारी अध्यक्ष एकराज राना मगर, नेपाली कांग्रेसका गाउँपालिका सभापति गंगा प्रसाईं, कर्मचारी, प्रहरी बाह्दशी गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायत जनप्रतिनिधिसहित करिव २ हजार दर्शकले चलचित्र हेरेका थिए । 

राजगढ प्रदर्शन गरिएको चलचित्रमा करिव २ हजार दर्शकवाट यस्ता किसिमका चलचित्र उत्पादनमा जोड दिनुपर्ने सल्लाह धेरै जनावाट प्राप्त भएको लेखक तथा निर्माता तुलसी मिश्रले बताए । 

चलचित्रमा गजेन्द्र खतिवडा (पृथक), राजु खरेल, रतन मिता, गंगा प्रसाईं, भिमा खतिवडा, विवेक मिश्र, देविका अधिकारी, तुलसी मिश्र, पारस तामाङ, सञ्जु न्यौपाने, सपना विश्वकर्मा, धनराज महतो, युवराज काफ्ले, सान्ता मैनाली, कुमारी चेम्जोङ, राकेश कमेडी, रेविका ढुङ्गेल, कुसुम प्याकुरेल, मदन दाहाल, लीला न्यौपाने मिश्र लगायतको अभिनय रहेको छ ।

छायांकन विवि ईन्टरटेन्मेन्टको, सञ्चालक तथा सिनेमेटोग्राफर सन्तोष राना मगरको रहेको चलचित्रमा श्रृगार अशोक मण्डलको रहेको । चलचित्र निर्माण पक्षका अनुसार चलचित्र विर्तामोड लगायतका स्थानमा पनि प्रदर्शन गरिनेछ ।