बिर्तामोड । 

 झापाको बिर्तामोड १ स्थित भगवान चोकमा राजस्थान मार्वल एण्ड टायल्सको  शाखा सञ्चालनमा आएको छ । झापासहित पूर्वका सेवाग्राहीलाई लक्षित गर्दै मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङमा सहज रुपमा राजस्थान मार्वल एण्ड टायल्स उपलब्ध गराउने उदेश्यले बिर्तामोडमा राजस्थान मार्वल एण्ड टायल्सको शाखा सञ्चालन गरिएको हो । 

इटहरीमा मुख्य कार्यालय रहेको राजस्थान मार्वल एण्ड टायल्सको बिर्तामोडमा शाखाका रुपमा सञ्चालनमा ल्याइएको हो । शाखाको उद्घाटन सोमवार (आज) नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेलले गरेका हुन् ।

marbal

बलदेव चौधरी, अंकित चौधरीसहित केही युवाले संयुक्त रुपमा सञ्चालनमा ल्याएको राजस्थान मार्वल एण्ड टायल्स शोरुममा उच्च स्तरीय ग्रेनाइट, मार्वल, टायल्स, सेनेटरी तथा वाथरुम फिटिङका सम्पूर्ण सामग्री एकै ठाउँमा उपलब्ध हुने जनाइएको छ ।

खुद्राका रुपमा घरायसी, अफिसियल, थोक विक्रीका रुपमा ठूला सुपर मार्केट, अपाटमेण्ट, उद्योग, व्यापारिक फर्महरुलाई सरल र सहज तथा सर्वसुलभ रुपमा तुरुन्त सामग्री दिन सकिने गरी शाखा सञ्चालनमा ल्याइएको बताइएको छ । 

एक करोड रुपैयाँको लगानीमा राजस्थान मार्वल एण्ड टायल्सको शाखा सञ्चालन गरेको सञ्चालक मध्येका बलदेव चौधरीले जानकारी दिए । कार्यक्रममा व्यवसायी डिल्लीराम मैनालीलगायतको उपस्थिति रहेको थियो ।