अर्जुनधारा । 

‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिशन बुधवारबाट शुरु भएको छ । पहिलो चरणमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि अडिशन सम्पन्न भएको हो । 

खुदुनाबारी भएको पहिलो चरणको अडिशनबाट २६ जना प्रतियोगी दोस्रो चरणका लागि छनोट भएका छन् । अडिशनबाट गायन तर्फ १० जना र नृत्यतर्फ १६ जना गरी जम्मा २६ जना प्रतियोगी छनोट भएका प्रतियोगिता प्रतियोगिता संयोजक सन्तोष आले मगरले जानकारी दिए ।

अडिशनमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका ३२ जनाले आफ्नो प्रस्ुतति दिएका थिए । ३२ मध्ये उत्कृष्ट २६ जनालाई दोस्रो चरणका लागि छनोट गरिएको हो । बुधबारको अडिसनमा गायन तर्फ संगीत प्रशिक्षक दिपक रायमाझी र नृत्य तर्फ नृत्य प्रशिक्षक तथा नेपाल चलचित्र नृत्य संघको कोशी प्रदेश संयोजक राज लावतीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । 

प्रतियोगिताको अडिशनको उद्घाटन संबिधानसभा सदस्य प्रेम गिरीले गरेका थिए । नगरभित्र रहेका बालबालिका तथा युवाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रमकोगरिएको संयोजक आलेले बताए  । आज वडा नम्बर ६, ८ र ९ मा पहिलो चरणको अडिशन हुने जनाइएको छ । 

गायन र नृत्य दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीले क्रमश जनही ३० हजार, २० हजार र १० हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल वैशाख ३० गते अर्जुनधारा–७ मा हुनेछ । प्रतियोगितालाई अर्जुनधारा नगरपालिले विशेष सहयोग गरेको छ ।