• रन्जित परियार  

झापा । 

साहित्य तथा सास्कृतिक उत्थान मञ्च रोङ गाउँपालिका २ बर्फल्याङ्गले एकल गजल कविता बाचन कार्यक्रम सम्पन्न गरेको छ । 

नवबर्ष २०८० को अवसरमा मञ्चले इलाम झापाका श्रस्टाहरुको उपस्थितिमा पुर्णचन्द्र बिभस श्रेष्ठले १५ वटा गजल र कविता बाचन गरेका थिए ।

कार्यक्रममा गायक संगीतकार हस्त परियार, पदम कन्दङ्गवा, अनुजा कडरिया र दीक्षा रसाइलीले लोक आधुनिक गीत प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा मारुनी, लोक नृत्यहरु प्रस्तुत गरिएको थियो।

कार्यक्रम लक्ष्मी कोक्लोन र दिक्षा रसाइलीलाई सम्मान गरिएको थियो । मञ्चका अध्यक्ष होमनाथ भण्डारीको अध्यक्षता तथा रोङ गाउँपालिकाका अध्यक्ष बिष्णुमाया भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजीकरण कृष्णलाल ढुङेलले गरेका थिए ।