झापा ।

वैदेशिक रोजगार ठगी मुद्दाका फरार रहेका प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका वडा नम्बर ४ का ४१ बर्षिय  पुर्णकुमार दाहाल झापाबाट प्रहरीले पक्राउ गरेको हो । 

फरार दाहाललाई झापाको भद्रपुर नगरपालिका वडा नं.५ मा लुकिछिपि हिडडुल गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो ।  

वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौको पत्र अनुसार बिरेन्द्रलाल श्रेष्ठको जाहेरीले वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका उनलाई आवश्यक कार्वाहीको लागि शुक्रवार (आज) वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।