झापा । 

झापाको बिर्तामोडका अर्नभ बन गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को सेमी फाइनल राउण्डमा प्रवेश गरेका छन् । 

हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको लाइभ राउडमा स्वरका धनी अर्नभको प्रस्तुती र प्रशंसकको समर्थनका कारण उनी सेमी फाइनल राउडमा प्रवेश गरेका हुन् । 

झापा बिर्तामोडका समाजसेबी आशिष बनका छोरा अर्नभ टप २४ बाट उनको मेहनत र समर्थकको सर्पोटले टप १६ मा पुगेका हुन् । टिम प्रविशामा रहेका अर्नभलाई खल्ती एप्प डाउनलोड गरेर भोट गरेर विजेता बनाउन समर्थकहरुले सवैलाई आग्रह गरेका छन् ।